निर्वाचनलाई लक्षित गर्दै सल्यानमा मेला महोत्सव ,खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा रोक

मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट निर्वाचन सम्पन्न गर्ने ध्येयले आज आइतबारदेखि निर्वाचन सम्पन्न नहुदा सम्म ।मेला महोत्सव ,जात्रा खेलकुद तथा मनोरञ्जनका कार्यक्रममा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनु भयो ।

उहाले भन्नू भयो यश अघिनै जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको छ। “निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न दिइने छैन” उहाले भन्नुभयो, “मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टाअगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकर जस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरिएको छ।” उक्त निर्णयको पूर्ण परिपालना गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारि खड्काले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय सल्यानद्वारा जारी सूचना

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation