भारतमा बस र ट्रक एक आपसमा ठोक्किँदा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी ।  महाराष्ट्रको नासिकमा शनिबार बिहान एउटा भयानक दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । हेर्दाहेर्दै २० मिनेटमा बस जलेर नष्ट भयो ।

दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन् । यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४:३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।

दुर्घटना नासिक-औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। बस चिन्तामणि ट्राभल्सको बसमा ४५-५० जना थिए । प्रहरी नायब उपायुक्त अमोल ताम्बेले दुर्घटना भएको पुष्टि गरेका छन् । यस घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

– दैनिक भास्कर

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation