घोराही-लमही सडक अवरुद्ध, ६ घण्टादेखि पहिरो पन्छाउने क्रम जारी

दाङ — पहिरोका कारण अवरूद्ध घोराही-लमही सडकमा ६ घण्टादेखि पहिरो पन्छाउने क्रम जारी छ । मसोट खोला नजिक शुक्रबार राति पहिरो आउँदा सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् । बिहान ६ बजेदेखि ३० जना नेपाली सेना जेसीबीसहित पहिरो हटाउने काममा खटिरहेको घोराहीस्थित नेपाली सेनाको रणसिंह दल गणका प्रमुख रवीन्द्र महर्जनले जानकारी दिए ।

ठूलो पहिरो गएका कारण सडक सञ्चालन गर्न समय लागिरहेको उनले बताए ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation