
नेपालीहरूको महान् चाड बडा दसैँ हिन्दु नेपालीहरूको घर आँगनमा छाइसकेको छ । गाउँ सहर होस् या यात्रा गर्दा दसैँका नयाँ देखी सदाबहार गीतहरू घन्किरहेका छन् । अहिले बजारमा पनि दसैँ आएपछि आउने गीतहरूको सङ्ख्या निकै हुन्छ । तर, कतिपय गीतले स्थायित्व पाउन सक्दैनन् । तर, केही यस्ता गीतहरू पनि छन् जसलाई दसैँको पर्यायका रूपमा लिन सकिन्छ । Sam FashioniZ आफ्नो वेबसाइटमा यी गीतहरूको बारेमा लेखे।
केही यस्ता गीतहरू जो दसैँमा सबैका लागि महत्त्वपूर्ण मानिन्छन् । (भिडियो सहित)
दशैँ आयो
दशैंको बेला यो गीत नबजेको सायदै होला । चलचित्र मुग्लानको यो गीत उदित नारायण तथा दिपा नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको बेलामा देखिने प्राकृतीक दृष्य तथा परदेशिएका आफन्त घर फर्कदाको खुसीलाई वर्णन गरीएको छ ।
फुलपाती भाकेर
चलचित्र भरोसाको यो गीत उदित नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको रितिरिवाज बर्णन गरिएको छ । यो गीत कहिल्यै पुरानो नहुने दशैं गीत मध्ये एक हो ।
यस पाली त यस्तै भो आमा
‘यसपालि त यस्तै भो आमा, अर्को साला आउने छु दसैँमा’ जनवादी गायक जीवन शर्माले गीतमा उतारेका यी शब्द निकै मर्म स्पर्शी छन् । यो गीतमा परदेशिएको छोराले साथी भाइहरू गाउँ पुगेको । रमाइलो गरेको । बाआमा भेटेको । देउरालीमा साथीभाइहरू चर्खे पिङ खेल्दै गरेका र आमाको दुखखका कुराहरू देखाइएको छ । यो गीतले घरबाट टाढा हुनेहरुलाई अझ बढी रुवाउँछ ।
दशैं तिहार
सुगम पोख्रेलले स्वर दिएको यो गीतले हाम्रा ठूला चाड दशैं र तिहारलाई वर्णन गर्छन् । यो खुसियाली यसमा वर्णन गरिएको हुन्छ ।
नमुछे आमा दहीमा टिका
कृष्णभक्त राई तथा लक्ष्मी न्यौपानेको स्वरमा रहेको यो गीत सुनेर प्राय सबैको आँखा रसाउँछ । यो गीतले परदेशिएको छोरो गुमाउदाको पिडाको वर्णन गरेको छ । यो गीतले घरबाट टाढा हुनेहरुलाई अझ बढी रुवाउँछ ।
बर्षमा दिनको यो वडा दशैं
पुरानो गीतको तयमा नयाँ शव्द मिसाएर तयार गरीएको यो गीतमा राष्ट्र सेवक प्रहरीले दशैंमा छुट्टि नपाउँदाको पीडाको वर्णन गरिएको छ । साथै यो गीतमा राष्ट्र सेवक प्रहरीका लागि घर परिवार भन्दा देश र जनता ठूलो हुन्छ भन्ने सन्देश पनि दिइएको छ । यो गीतमा दीपक कोइरालाले स्वर दिएका छन् ।
दशैंनै होकी यो मेरो दशा
योगेशश्वर अमात्यको स्वरमा रहेको यो गीतले निम्न वर्गीय परिवारको पीडालाई वर्णन गरेको छ । यो गीतले आम नेपालीको मन जित्न सफल भएको छ ।
यसपाली दशैंमा ठूलो दाइ आउने रे
कुल पोखरेलले गाएको यो गीत पनि निकै चर्चामा हुन्छ, दशैंको सिजन सुरु भएपछि । २०६० सालतिर आएको यो गीतले नेपाली परिवारलाई बाहिर काम गर्न गएका आफन्तहरुको सम्झना दिलाउँछ ।