कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला

बुटवल । रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायत व्यक्तिसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए ।

महोत्राको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनले दर्जनौँ म्युजिक भिडियो निर्माण र अभिनय गरेका थिए ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation