बुटवलमा चाडपर्वलाई लक्षित गर्दै बसपार्कमा सहायता कक्ष स्थापना

बुटवल- दसैँ र तिहारलाई लक्षित गरी बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। चाडबाडको समयमा यात्रुहरू अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धी समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।

सहायता कक्षबाट यात्रुहरूले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाई सम्बन्धि युनिट परिचालन गरेको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation