आजकाे माैसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षाकाे सम्भावना

बुटबल । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतको ओडिसा र पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरु प्रदेशका विभिन्न ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation