गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयो !

असोज ३ गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका -८ का ५६ बर्षिय टोप बहादुर राना मगर अरिङ्गालको टोकाइ बाट मृत्यु भएका हुन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राती राना सहितका ५/६ जनाको समूह बुढिचौर माथी रेसुङ्गा बनमा अरिङ्गाल पोल्न गएका थिए । उनी अरिङालले टोकेका घाउ डामहरु सहित सोमबार बिहान साढे ७ बजे आफ्नै घरको कोठामा मृत फेला परेका थिए । अरिङ्गालको टोकाइबाट अर्का एक जना सामान्य घाइते भएको र अरु सकुशल रहेको बताइन्छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation