विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

मुम्बई– विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको मृत्यु भएको छ । उत्तरी मुम्बइस्थित सेन्टमेरिज इङ्लिस हाई स्कुलकी २६ वर्षीया शिक्षिका जेनेल फर्नान्डिजको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जेनेल फर्नान्डिस दिउँसो करिब १ बजे दोस्रो तलामा रहेको स्टाफ रुममा जान छैठौं तलामा पर्खिरहेकी थिइन् । लिफ्टमा छिर्ने बित्तिकै ढोका बन्द भएको थियो ।

प्रहरी उपआयुक्त विशाल ठाकुरका अनुसार उनी लिफ्टमा छिर्दा–छिर्दै ढोका बन्द भयो र लिफ्ट चल्न थाल्यो, उनी अड्किइन् ।

विद्यालयका कर्मचारीहरु उनलाई मद्दत गर्न पुगेका थिए । उनलाई गम्भीर अवस्थामा लिफ्टबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल पुर्याउने बित्तिकै चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation