यस्तो छ आजको मौसम,अझै केही दिन पानी पर्ने ।

बुटबल, १ असोज / देशभर आजको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहेको विभागले जानकारी दिएको छ ।

यस्तै प्रदेश १, मधेस, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation