सडक माथिबाट पहिरो खस्दा सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध

अर्घाखाँची / अविरल वर्षाका कारण सडक माथिबाट पहिरो गएपछि बिहानैदेखि सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । उक्त सडकको घुम्ती नजिकै ठूलो पहिरो गएको छ ।

सदरमुकाम सन्धिखर्कबाट बुटवल, काठमाडौंका लागि छुटेका गाडी घुम्तीमै रोकिएका छन् ।

सडक माथिबाट पहिरो निरन्तर खसिरहेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । पहिरो हटाउन खोज्दा माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल हटाउने कार्य स्थगित भएको उनले बताए । -फाइल तस्विर

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation