
दार्चुला । डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए ।
ती बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको उनले बताए ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा ति बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेको अस्पतालले जनाएको छ ।