मौरीको हुलले २० हजारपटक टोकेपछि अचेत बनेका युवक दुई दिनपछि होसमा आए!

काठमाडौं। अमेरिकाको ओहायो राज्यमा एक २० वर्षका युवकलाई मौरीको हुलले २० हजारपटक टोकेको छ।

रुखको हाँगा काट्न थालेपछि सोही रुखमा घार बनाएर बसेका मौरीले अस्टिन बेलामीमाथि आक्रमण गरेको इन्साइडर डटकमले जनाएको छ।

अगष्ट ३१ मा मौरीले शरीरभर २० हजारपटक भन्दा बढी टोकेपछि उनी अचेत बनेका थिए। उनको त्यसपछि भेन्टिलेटरमा उपचार भएको थियो।

घटना भएको दुई दिनपछि अर्थात् अगष्ट २ का दिनमात्र उनी होसमा आएका थिए। उनको उपचारको लागि गोफन्डमी पेजमा १० हजार अमेरिकी डलर सहयोगको अपिल गरिएको थियो।

तर आह्वान गरेभन्दा बढी १५ हजार ८ सय अमेरिकी डलर उनको उपचारको लागि उठेको छ। हाल होसमा आएका उनको अस्पतालमै उपचार भइरहेको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation