यि ७ बैंकबाट आइपीओ भर्दा शुल्क नलाग्ने

काठमाडौं, नेपाल धितोपत्र बोर्डले सि–आश्वा शुल्क घटाएर ५ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेपछि धेरै वाणिज्य बैंकले आश्वा सेवा निःशुल्क गर्न थालेका छन् ।

धितोपत्र बोर्डको प्रावधान अनुसार आइपीओ निष्कासन हुँदा बैंकहरुले सि–आश्वा शुल्क भनेर १० रुपैयाँदेखि १०० रुपैयाँसम्म असुल गर्न पाउँथे ।

धितोपत्र बोर्डको पछिल्लो निर्णय अनुसार बैंकहरुले आश्वा शुल्क भनेर प्रति निवेदन ५ रुपैयाँ मात्रै असुल गर्न पाउँछ । त्यसमा १ रुपैयाँ सीडीएस र एक रुपैयाँ मर्चेन्ट बैंकरलाई राखेर बाँकी ३ रुपैयाँ मात्रै बैंकले नाफा गर्न पाउने व्यवस्था गरेको छ ।

बोर्डको निर्देशनपछि भने सबैले ५ रुपैयाँ मात्रै असुल गरेका छन् । भदौमा निष्कासन भएको पिपल्स पावर लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतको पछिल्लो आइपीओ निष्कासनमा सबै वित्तीय संस्थाले आस्वा शुल्कबापत् ५ रुपियाँ मात्रै असुल गरेका हुन् ।

नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बेंकले भने पहिले देखि नै आस्वा शुल्क लिएका छैनन भने कुमारी बैंकले केही महिना अगाडि मात्रै आश्वा शुल्क नलिने घोषणा गरेको थियो । नियामकीय निर्देशनका कारण सी–आस्वाबाट धेरै आश्वा शुल्क नउठ्ने भएपछि धेरै बैंकहरुले आश्वा शुल्क निःशुल्क गर्न थालेका छन् ।

पछिल्लो समय सि–आस्वा निःशुल्क गर्ने बैंकहरुमा सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल बैक रहेका छन् । हालसम्म आश्वा शुल्क निःशुल्क गर्ने बैंकको संख्या ७ वटा पुगेको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation