स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

स्याङ्जा- स्याङ्जाको हरिनास गाउँपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनहुँको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ वर्षीय जय प्रकाश साह रहेका छन् ।

हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनहुँ जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation