भालुवाङबाट लागू औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ

  • ओमप्रकाश गुप्ता

भालुवाङ ५ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट लागू औषध ( ब्राउन सुगर) सहित २ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बस्ने वर्ष २८ का विशाल थापा मगर र सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने वर्ष २३ का उज्वल सिंह रहेका छन् ।

गत असार ३ गते बेलुका साढे ५ बजेको समयमा भालुवाङ स्थित रतन थापा मगरको घरकोठामा लागू औषधको कारोबार हुँदैछ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले रतन थापा मगरको घर खानतलासी गर्ने क्रममा १ ग्राम २९० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ सहित निजका छोरा विशाल थापा मगर र उज्वल सिंहलाई पक्राउ गरिएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation