वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल :  ह्वाइट हाउस एजुकेसनल जोन बुटवलको पहलमा ;रोट्र्याक क्लब अफ बुटवल सिनर्जि सङ्गको सहकार्यमा बुटवल स्थित हिलपार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षामा बिगत १४ वर्ष देखि लुम्बिनी श्रेत्रकै केन्द्रबिन्दु मानिने बुटवलमा Bridge_course तथा Entrance preparation class संचालन गरि MBBS,BE ,STAFF_NURSE, लगायत अन्य धेरै विषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल एक मात्र शैक्षिक सस्था ह्वाइट हाउस एजुकेसनल जोनले विश्व वातावरण दिवसको अवसरमा “विरुवा रोपौ वातावरण जोगाउ”भन्ने मुल नाराका साथ बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो।

करिब २०० जना विद्यार्थीहरु यसैगरी अन्य ५० जना जतिको उपस्थितिमा बिहान ९ बजेको आसपासमा वृक्षारोपण गर्ने काम सम्पन्न भएको थियो ।कार्यक्रममा ह्वाइट हाउस एजुकेसनल जोन परिवार ,रोट्र्याक्ट क्लब अफ बुटवल सिनर्जिका पदाधिकारीहरु लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको थियो।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation