लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिकामा अध्यक्षमा माओवादीका विष्ट र उपाध्यक्षमा एमालेकी चौधरी विजयी

दाङको राप्ती गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्ष पदमा नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएका छन् ।

माओवादीलाई अध्यक्षमा सघाएर उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेको जनमोर्चाका उम्मेदवार भने नेकपा एमालेसँग पराजित भएका छन् ।

विष्टले ६ हजार ८ सय ९८ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका जगत प्रसाद पोख्रेलले ५ हजार ७ सय मत ल्याएका थिए ।

त्यस्तै कमलापती चौधरीले ६ हजार ६७४ मत पाएर उनी उपाध्यक्ष पदमा निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद भुसालले ५ हजार ४९६ मत पाए । जनमोर्चाका उम्मेदवार केशवराज खनालको पक्षमा ४ हजार ४६४ मत मात्र पर्‍यो ।

यसपटक माओवादी केन्द्रले राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर स्वास्थ्य सेवाको क्षेत्रमा सक्रिय रहेका प्रकाश विष्टलाई उम्मेदवार बनाएको थियो ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो ।

राप्ती गाउँपालिकामा यस्ताे बन्याे स्थानीय सरकार

नेकपा माओवादी केन्द्र:
गाउँपालिका अध्यक्ष : प्रकाश बिष्ट
२ नं वडा अध्यक्ष– पहलमान चौधरी
९ नं वडा अध्यक्ष– रिमबहादुर सुनारी

नेकपा एमाले:
गाउँपालिका उपाध्यक्ष : कमलापति चाैधरी
१ नं वडा अध्यक्ष – गेमबहादुर खड्का
५ नं वडा अध्यक्ष– देवप्रसाद चौधरी
७ नं वडा अध्यक्ष– सिताराम चौधरी
८ नं वडा अध्यक्ष– चन्द्रबहादुर गुरूङ्ग

नेपाली काँग्रेस :
३ नं वडा अध्यक्ष –उमेश अधिकारी

राष्ट्रिय जनमोर्चा:
४ नं वडा अध्यक्ष– बिरबहादुर चौधरी

नेकपा एकिकृत समाजवादी:
६ नं वडा अध्यक्ष–दिपककुमार चौधरी

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation