
श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका,७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमति मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स जितपुर शाखामा विमा पाेलिसि गराउनुभएकाे छ ।
घिमिरेले बिहिवार महालक्ष्मी लाइफ इन्स्याेरेन्स जितपुर कपिलवस्तु शाखामा श्रीमति मधु रेग्मि घिमिरेलाई ६ लाख बराबरको सुरक्षा गर्ने गरि उपहार स्वरुप बिमा पाेलिसि हस्तान्तरण गर्नुभएकाे हाे ।
घिमिरेले श्रीमतिलाई जन्मउत्सवमा उपहार स्वरुप महालक्ष्मी सावधिक विमा पोलीसी उपहार दिएका हुन ।
जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढदै गएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स जितपुर कपिलवस्तु शाखामा समेत पछिल्लो समय यस्ता पोलीसी बनाउनेक्रम बढेको जितपुर कपिलवस्तु शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिनुभयाे ।
कुनै पनि उत्सव वा बिशेष अवसर पारेर बिमा पोलिसी उपहार दिने कामले भविष्यको सुरक्षामा ठूूलो योगदान गर्ने भन्दै यसलाई संस्काकार रुपमा लैजानुुपर्ने विमा शाखा प्रमुख घिमिरेले बताउछन ।