जन्मदिनको अवसर पारी केसिले गरे जिबन बिमा ।

जन्मदिनको उपलक्ष्यमा प्युठान जिल्ला मल्लारानी  गाउपालिका घर भैइ हाल बुटवलमा बस्दै आएका सन्तोष केसीले आफ्नो जन्मदिन्को उपलक्ष्यमा ६० लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराउनुभएकाे छ ।

केसिले आफ्नो जन्मउत्सवमा अन्य फजुल खर्चमा कटौती गर्दै आफ्नो सुरक्षा संगै बचत गर्ने उद्देश्यले कम्पनी र पोलिसी बुझ्दा महालक्ष्मी लाईफ इन्स्योरेन्सको बाषिक धनफिर्ता बिमा योजना उत्कृष्ट लागेकोले महालक्ष्मीमा नै बिमा गर्ने निर्णय गरेको बताउनु भयो ।

जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढदै गएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स बुुटवल शाखामा समेत पछिल्लो समय यस्ता पोलीसी बनाउनेक्रम बढेको बुटवल शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिनुभयाे ।

कुनै पनि उत्सव वा बिशेष अवसर पारेर बिमा पोलिसी उपहार दिने कामले भविष्यको सुरक्षामा ठूूलो योगदान गर्ने भन्दै यसलाई संस्काकार रुपमा लैजानुुपर्ने विमा अभियान्ताहरु बताउछन ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation