
बस्नेतले बुधबार महालक्ष्मी लाइफ इन्स्याेरेन्स बुटवल शाखामा छोरा हिर्दयन्स सिंह बिष्टलाई १ करोड २५ लाख बराबरको सुरक्षा गर्ने गरि उपहार स्वरुप बिमा पाेलिसि हस्तान्तरण गर्नुभएकाे हाे ।
किरणले छोरालाई सातौ जन्मउत्सवमा उपहार स्वरुप महालक्ष्मी जीवन हेरचाह विमा पोलीसी उपहार दिएकी हुन ।
जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढदै गएको छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स बुुटवल शाखामा समेत पछिल्लो समय यस्ता पोलीसी बनाउनेक्रम बढेको बुटवल शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिनुभयाे ।
कुनै पनि उत्सव वा बिशेष अवसर पारेर बिमा पोलिसी उपहार दिने कामले भविष्यको सुरक्षामा ठूूलो योगदान गर्ने भन्दै यसलाई संस्काकार रुपमा लैजानुुपर्ने विमा अभियान्ताहरु बताउछन ।