बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। इस्मा गाउँपालिका ४ दोहोलीबाट कुलपूजाका लागि बाग्लुङ गएका कार्की खलकहरू चढेको जीप दुर्घटना परेको वडाध्यक्ष गनुप्रसाद आचार्यले जानकारी दिए।

मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ।

खड्काअनुसार घटनामा परी तीन जना घाइते भएका छन्। ‘एक जना बेपत्ता छन्, हामी खोजिरहेका छौं,’  जीपका चालकको पनि मृत्यु भइसकेकाले घटना कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation