नरपानिमा बस दुर्घटनाः १४ जनाकाे मृत्युु, उद्वार कार्य जारी ।

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कम्तीमा १३ जना घाइते छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेमध्ये गम्भीर अवस्थाका ११ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । सामान्य घाइते भएका दुईजनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।मृतकहरुको अहिलेसम्म सनाखत हुनसकेको छैन ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न ४ बजेतिर दुर्घटना भएको हो ।

बस सडकबाट करिब ५०० मिटर तल खसेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्री थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

© 2025 Lumbini Daily All right reserved Site By : Himal Creation