
काठमाडौँ । नेपाल आइडल सिजन २ का विजेता रवि ओड र सोही कार्यक्रममा प्रतिस्पर्धागरेकी अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत बजारमा आएको छ । ‘च्याप्प समाउँदै’ बोलको गीत बिहीबार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाल आइडलको विजेता भएसँगै रवि ओडले एकपछि अर्को गीत बजारमा ल्याउँदै आएका छन् । उक्त नयाँ गीतमा सोही आइडलकी गायिका अस्मिता अधिकारीले रवि लाई साथ दिएकी छिन् ।सार्वजनिक गीतमा कृष्ण केसीको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ ।
गीतको मिक्सिङ मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । पछिल्लो समयका चर्चित अभिनेता आकाश श्रेष्ठ तथा वर्षा राउतले गीतको भिडियो मा अभिनय गरेका छन् । निकेश खड्का भिडियो का निर्देशक हुन्। गित निकै राम्रो र उत्कृष्ट भएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् । भिडियो हेर्नुहोसः
https://youtu.be/MdLtG5k_zvA